१०.६६ अंकले बढ्यो नेप्से

हिमाल प्रेस २६ वैशाख २०८० १५:४२
4
SHARES
१०.६६ अंकले बढ्यो नेप्से

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १०.६६ अंकले बढेको छ। १८३१.६४ बिन्दुबाट सुरु भएको परिसूचक १८४४.३६ बिन्दुमा उक्लिएको छ। आज १६१ कम्पनीको सेयर मूल्य नाफामा गएको छ। ५० कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

मंगलबार २६९ कम्पनीको २८ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार सबै उपसमूहको सूचक उकालो लागेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहको सूचक १.९४ प्रतिशतले बढेको छ।

कारोबार रकमका हिसाबले आज हिमाल दोलखा हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो। यसको ६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज पिपुल्स् पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने युनिक नेपाल लघुवित्तका लगानीकर्ताले बढी गुमाएका छन्।

प्रकाशित: २६ वैशाख २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =