बेलायतको ‘रोयल कलेज अफ डिफेन्स स्टडिज’को टोली नेपालमा

हिमाल प्रेस २५ वैशाख २०८० २०:५८
6
SHARES
बेलायतको ‘रोयल कलेज अफ डिफेन्स स्टडिज’को टोली नेपालमा

काठमाडौँ- बेलायतको ‘रोयल कलेज अफ डिफेन्स स्टडिज’ टोली नेपाल आएको छ। ‘कमान्डेन्ट लेफ्टिनेन्ट जेनेरल’ जर्ज नोर्टनको नेतृत्वमा उक्त कलेजका शिक्षक तथा विद्यार्थीकाे टाेली सोमबार नेपाल आइपुगेको नेपाली सेनाले जानकारी दिएको छ।

उक्त टोलीले नेपालमा ६ दिन अध्ययन भ्रमण गर्ने नेपाली सेनाको भनाइ छ। भ्रमणको नेतृत्व गरेका नोर्टनले सोमबार प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्।

उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलगायत ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले बताएको छ। यस किसिमको भ्रमणले दुई देशको सम्बन्ध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने नेपाली सेनाको भनाइ छ।

प्रकाशित: २५ वैशाख २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =