बैंकहरूले मासिक रूपमा ब्याजदर परिवर्तन गर्न पाउने

हिमाल प्रेस २५ वैशाख २०८० २०:३३
2
SHARE
बैंकहरूले मासिक रूपमा ब्याजदर परिवर्तन गर्न पाउने

काठमाडौँ- बैंकहरूले प्रवाह गरिसकेको कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन गर्न पाउने भएका छन्। राष्ट्र बैंकले सोमबार जारी गरेको संशोधित एकीकृत निर्देशनअनुसार पछिल्लो ३ महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ।

तर पछिल्लो ३ महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न बाधा नपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।

पछिल्लो ३ महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट लेखेर अनिवार्य जानकारी दिनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।

यसअघि कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत अधार दरमा भएको वृद्धिसम्ममात्र वृद्धि गर्न सक्ने व्यवस्था थियो। राष्ट्र बैंकले सोमबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा संशोधित एकीकृत निर्देशन जारी गरेको हो।

प्रकाशित: २५ वैशाख २०८० २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =