६० करोडमा खुम्चियो नेप्सेको कारोबार

हिमाल प्रेस २४ वैशाख २०८० १५:२८
4
SHARES
६० करोडमा खुम्चियो नेप्सेको कारोबार

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से)को कारोबार रकम उल्लेख्यरुपमा घटेको छ। गत बिहीबार ७३ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज ६० करोड ८० लाख रुपैयाँको मात्रै कारोबार भएको छ।

पछिल्ला कारोबार दिनमा परिसूचक सामान्य अंकले तलमाथि भइरहेको छ। तर कारोबार रकम भने ओरालो लाग्दो क्रममा देखिएको छ। आज १८७ कम्पनीको सेयर मूल्य घटेको छ। २३ कम्पनीको मूल्य सामान्य अंकले बढ्दा ८ कम्पनीको भने स्थिर रह्यो।

आइतबार कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको ३ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावर, नबिल बैंक, एनआईसी एशिया बैंकलगायत कम्पनी पनि मूल्यका हिसाबले बढी कारोबार हुनेको शीर्ष सूचीमा छन्।

आइतबार आत्मनिर्भर लघुवित्तका लगानीकर्ता सर्वाधिक बढी कमाउनेमा परेका छन्। त्यस्तै इस्टर्न हाइड्रोपावर, सन्‌राइज ब्लूचिप, राष्ट्र उत्थान लघुवित्तलगायत कम्पनीका लगानीकर्ता पनि फाइदामा छन्।

प्रकाशित: २४ वैशाख २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =