सञ्चारसम्बन्धी नयाँ कानुन बनाउन सरोकार पक्षसँग छलफल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस २४ वैशाख २०८० ७:१२
4
SHARES
सञ्चारसम्बन्धी नयाँ कानुन बनाउन सरोकार पक्षसँग छलफल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘आज वैशाख २४ गते आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आमजनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु, नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस्, यही शुभकामना,’ उनले भनेका छन्।

आइतबार विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो। सरकारले २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।

‘पत्रकारितामा खोज र नवीनता स् लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पत्रकारिता दिवसका अवसरमा आज सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। दिवसका अवसरमा आज नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =