२०८२ सम्ममा सडक मानव मुक्त राष्ट्र बनाउने लक्ष्यमा छौँ : गृहमन्त्री

हिमाल प्रेस २३ वैशाख २०८० १२:५८
4
SHARES
२०८२ सम्ममा सडक मानव मुक्त राष्ट्र बनाउने लक्ष्यमा छौँ : गृहमन्त्री

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘मानव सेवा आश्रम’प्रति भित्रैदेखि सम्मान र अभिनन्दन व्यक्त गरेका छन्।

शनिबार वनस्थली, खरिबोटस्थित आश्रमस्थलमा पुगेर भोज गर्नुका साथै उनले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिएका थिए। उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० वर्षदेखि ‘सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त राष्ट्र’ जस्तो चुनौतीपूर्ण अभियानको प्रभावकारी संचालन गर्न सकेकोमा उनले खुसी प्रकट गरे।

आश्रमले २०८२ सम्ममा सडक मानव मुक्त राष्ट्रको उद्देश्य सफल गरिछाड्ने लक्ष्य लिएको छ। हाल देशभरीका २३ आश्रममा १६ सयभन्दा बढी आश्रीतहरू छन्, जो विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेका थिए।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रीतहरूलाई खोजीखोजी आश्रय दिने गर्दछ।

आश्रमको सेवापछि हालसम्म २२ सयभन्दा बढी आश्रीतहरू आफ्नै घर/परिवारमा फिर्ता भएका छन्। आश्रममा सयभन्दा बढी स्वयंसेवी छन्। आश्रमका अध्यक्ष गोर्खाका रामजी अधिकारी हुन्।

आश्रमको उदाहरणीय, मानवीय र नमुनायोग्य काम र क्रियाशीलताको निरन्तरताका लागि आफ्नो र नेपाल सरकारको सम्पुर्ण साथ रहने प्रतिबद्धता समेत उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गरे।

प्रकाशित: २३ वैशाख २०८० १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =