बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

हिमाल प्रेस २२ वैशाख २०८० १३:४६
6
SHARES
बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

नवलपुर- नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई ११ वर्ष कैद सजाय सुनाएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई बालिका बलात्कारमा दोषी ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले जानकारी दिए।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति भर्नुपर्ने आदेश गरेको उनले बताए। पीडित बालिकालाई पुनले २०७७ भदौ १८ गते बलात्कार गरेको आरोपमा २०७७ असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उजुरी दर्ता भएको थियो।

उजुरीपछि २०७७ कात्तिक ३ गते पक्राउ परेका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। बालिकाको स्वास्थ्य परीक्षण २०७७ असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो।

प्रकाशित: २२ वैशाख २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast