१२.७३ अंकले बढ्यो नेप्से

हिमाल प्रेस २१ वैशाख २०८० १५:३१
4
SHARES
१२.७३ अंकले बढ्यो नेप्से

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२.७३ अंकले बढेको छ। यसअघि पाँच कारोबार दिन लगातार घटेको परिसूचक आज सामान्य अंकले बढेको हो।

परिसूचक बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन। आज ७३ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १६२ कम्पनीको सेयर मूल्य बढ्यो। ५० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

बिहीबार नबिल बैंकको प्रोमोटर सेयर सर्वाधिक बढी कारोबार भएको छ। यसको ४ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो।

आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ। निर्जिवन बिमा, फाइनान्स र जलविद्युत् कम्पनीप्रति लगानीकर्ता बढी आकर्षित भएका छन्। यी उपसमूहको सूचक क्रमशः १.५५, १.३२ र १.२५ प्रतिशतले बढेको छ।

प्रकाशित: २१ वैशाख २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =