पाल्पा- कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन्।
रामपुर नगरपालिका-४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए।
खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर-४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिए।
भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर-५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन्। शनिबारको दिन साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए। शव परीक्षणका लागि अहिले रामपुर अस्पताल लगिँदैछ।
प्रकाशित: २१ वैशाख २०८० १२:२३
प्रतिक्रिया