क्रिकेट खेलाडीलाई नेपाल प्रहरीद्वारा सम्मान

हिमाल प्रेस २० वैशाख २०८० २०:२१
660
SHARES
क्रिकेट खेलाडीलाई नेपाल प्रहरीद्वारा सम्मान

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी एसीसी प्रिमियर कप-२०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ। बुधबार नेपाल प्रहरीले नगद पुरस्कारसहित सम्मान गरेको हो।

प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रहरी प्रधान कार्यालयमा सम्मान गरिएको हो।

उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरे। सम्मानित हुनेमा नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्शन झा रहेका छन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै एसिसी प्रिमियर कप २०२३ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीलाई धन्यवाद दिए।
राष्ट्र एवं संगठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन हुने आशा रहेको उनले बताए।

प्रकाशित: २० वैशाख २०८० २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =