ब्याजदर घटाउन चेम्बर र महासंघले पहल गर्ने

हिमाल प्रेस २० वैशाख २०८० १५:५८
6
SHARES
ब्याजदर घटाउन चेम्बर र महासंघले पहल गर्ने

काठमाडौँ- निजी क्षेत्रका छाता संगठन नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्दामा सहकार्य गर्ने सम्झौता गरिएको छ। महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा दुई संगठनबीच सम्झौता गरिएको हो।

सम्झौताअनुसार दुवै संस्था ब्याजदर, अख्तियारसम्बन्धी विधेयकलगायतमा सहकार्य गरेर अघि बढ्ने भएका छन्। अर्थतन्त्रलाई बलियो बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।

चेम्बर र महासंघबीचको सम्बन्ध स्थापनाकालदेखि नै नङ र मासुकोजस्तो भएको भन्दै अध्यक्ष मल्लले आगामी दिनमा पनि आर्थिक एजेन्डामा साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए।

महासंघका अध्यक्ष ढकालले आर्थिक मुद्दा सम्बोधन गर्न संयुक्त पहल गर्नुपर्ने बताए। विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने ढकालको भनाइ थियो। मौद्रिक नीतिका केही नीतिगत व्यवस्थाहरू हेरफेर गरेर भए पनि ब्याजदर घटाउन पहल गर्नुपर्ने ढकालले बताए।

प्रकाशित: २० वैशाख २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =