९ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ६२ करोडमा सीमित

हिमाल प्रेस २० वैशाख २०८० १५:३०
4
SHARES
९ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ६२ करोडमा सीमित

काठमाडौँ– लगातार घटिरहेको सेयर बजार आज ९.१८ अंकले घटेको छ। १८६६.६८ बिन्दुबाट सुरु भएको बजार १८५७.२३ बिन्दुमा पुगेर रोकिएको छ। बुधबार १५६ कम्पनीको सेयर मूल्य घटेको छ। ५१ कम्पनीको मूल्य सामान्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।

आज कारोबार रकम पनि निकै घटेको छ। कुल २१ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६२ करोड २ लाख रुपैयाँको मात्रै कारोबार भएको छ। कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको ३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: २० वैशाख २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =