प्रतिकूल परिस्थितिमा पनि नेपाली ‍प्रेसले खेलेको भूमिका सराहना योग्य : देउवा

हिमाल प्रेस २० वैशाख २०८० ७:०७
6
SHARES
प्रतिकूल परिस्थितिमा पनि नेपाली ‍प्रेसले खेलेको भूमिका सराहना योग्य : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीलाई शुभकामना दिँदै देउवाले प्रतिकूल परिस्ठितिमा पनि नेपाली ‍प्रेसले खेलेको भूमिकाप्रति पार्टीका तर्फबाट उच्च कदर र सराहना गरेका छन्।

सभापति देउवाले प्रजातन्त्रको स्थापनासँगै देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको र स्वच्छ, स्वस्थ तथा निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको बताए।

मे महिनाको ३ तारिख अर्थात आज संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। पत्रकार जगतले आफ्नो हकहितका निमित्त संगठित रूपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो।

सभापति देउवाले कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यावसायिक पत्रिकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारमाध्यममा सञ्चारकर्मीको पेसागत एवं व्यावसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको बताएका छन्।

प्रकाशित: २० वैशाख २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =