दार्चुलामा हिमपहिरो, यार्सा टिप्न गएकाहरू हताहती भएको आशंका

हिमाल प्रेस १९ वैशाख २०८० १६:४५
16
SHARES
दार्चुलामा हिमपहिरो, यार्सा टिप्न गएकाहरू हताहती भएको आशंका फाइल तस्बिर

काठमाडौँ- दार्चुलामा हिम पहिरो गएको छ। व्याँस गाउँपालिका-१ छाङरुको बलिङमा हिम पहिरो गएको हो। पहिरोमा परेर केही व्यक्तिहरू बेपत्ता भएको आशंका गरिएको छ। ब्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले पहिरो गएकोबाहेकको केही पनि सूचना नआएको हिमालप्रेसलाई जानकारी दिए।

उनका अनुसार अहिलेको समयमा बलिङ क्षेत्रमा स्थानीयहरू यार्सागुम्बा टिप्न जाने गर्छन्। यार्सा टिप्न गएकाहरूले टाँगेको त्रिपालको टेण्डमाथि पहिरो खसेको जानकारी आएको धामीले बताए।

अध्यक्ष धामीले घटनास्थलमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलबाट ३० जनाको टोली गइसकेको बताए। ‘सशस्त्र प्रहरीको ३० जनाको टोली त्यहाँ गइको छ,’ उनले भने,’सशस्त्रको पोस्ट भएको ठाउँबाटै घटना भएको ठाउँमा जान तीन घण्टा लाग्छ।’

उनले त्यस क्षेत्रको मौसम पनि खराब रहेको बताए। स

प्रकाशित: १९ वैशाख २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =