श्रमिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क दिनुपर्छ : अध्यक्ष लिङदेन

हिमाल प्रेस १८ वैशाख २०८० १८:३१
2
SHARE
श्रमिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क दिनुपर्छ : अध्यक्ष लिङदेन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क दिनुपर्ने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा उनले श्रमिकहलाई निःशुल्क शिक्षा र स्वास्थ्य दिनुपर्ने बताएका हुन्।

श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरूको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सबै श्रमिकहरूलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि उनको भनाइ थियो। अध्यक्ष लिङदेनले श्रमिकहरूलाई सूचीकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरे। ‘अहिले पनि श्रमिकहरूको जीवन पूर्णरूपले मर्यादित हुन सकेको छैन। सुरक्षित छैन,’ उनले भने, ‘राज्यको निर्माणमा सबभन्दा ठूलो योगदान पु¥याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ।’

अध्यक्ष लिङदेनले विदेशीले नेपालमा श्रम इजाजत बिना काम गरिरहेका भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए। देशका श्रमिकलाई देशभित्रै कामको अवसर दिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: १८ वैशाख २०८० १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =