प्राविधिक त्रुटि देखाउँदै पूर्वका उद्योगमा विद्युत् कटौती

हिमाल प्रेस १८ वैशाख २०८० १३:४०
4
SHARES
प्राविधिक त्रुटि देखाउँदै पूर्वका उद्योगमा विद्युत् कटौती प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- मोरङ-सुनसरी-कटहरी क्षेत्रका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले अनियमित विद्युत् आपूर्ति कटौती गर्दै आएको छ। विभिन्न प्राविधिक त्रुटि देखाउँदै गरिरहेको विद्युत् कटौतीप्रति मोरङ व्यापार संघले आपत्ति जनाएको छ।

आर्थिक जटिलताको अवस्थामा जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि अतिआवश्यक विद्युत् आपूर्तिसमेत असहज हुँदा सञ्चालनमा कठिन भएको संघको भनाइ छ।

संघले प्राधिकरणको प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्वाद विद्युत् आपूर्ति गर्न तथा विद्युत् कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउन माग गरेको पनि संघले जनाएको छ।

विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, क्यापासिटर बैंक सञ्चालनमा ल्याउन नसकेका उद्योगलाई उचित समय दिन संघले आग्रहसमेत गरेको छ।

प्रकाशित: १८ वैशाख २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =