९ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

हिमाल प्रेस २७ वैशाख २०८० १५:४२ | Wednesday, May 10, 2023
९ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्षको ९ महिनामा ९ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको साउनदेखि चैतसम्मको आर्थिक विवरणअनुसार सो अवधमिा ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।

उक्त रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ। सो अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले बढेको छ। ‘अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ८७ हजार ८ सय ३९ पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ। उक्त तथ्यांक संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या हो।

त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ९ सय ५९ पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ। उक्त संख्या साउनदेखि चैतसम्मको हो।

प्रकाशित: २७ वैशाख २०८० १५:४२ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast