२९ गतेदेखि नेपाल एयरलाइन्सको भैरहवा-क्‍वालालम्पुर उडान

हिमाल प्रेस ४ जेठ २०८० १७:३२ | Thursday, May 18, 2023
२९ गतेदेखि नेपाल एयरलाइन्सको भैरहवा-क्‍वालालम्पुर उडान

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट क्‍वालालम्पुर नियमित उडान गर्ने भएको हो।

यसका लागि एयरलाइन्सले टिकट बुकिङ खुला गरेकाे छ। एयरलाइन्सले काठमाडौँ-क्‍वालालम्पुर-भैरहवा-काठमाडौँ सेक्टरमा उडान गर्नेछ। नेपाल एयरलाइन्सले पहिलो चरणमा साताको एक उडान गर्ने जनाएको छ।

भैरहवाबाट यसअघि जजिरा एयरलाइन्सले केही समय नियमित उडान गरेको थियो। तर यात्रु अभाव भएपछि छोटो समयमै बन्द गर्‍यो। गत वर्ष जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा अहिले आन्तरिक मात्रै उडान हुन्छ।

प्रकाशित: ४ जेठ २०८० १७:३२ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast