हुम्लामा पूर्ण खोप सुनिश्चित

हिमाल प्रेस ३१ वैशाख २०८० ६:१५ | Sunday, May 14, 2023
हुम्लामा पूर्ण खोप सुनिश्चित प्रतिनिधिमूलक तस्बिर

हुम्ला- हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शनिबार एक कार्यक्रमबीच ७१औँ जिल्लाका रूपपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिए। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे।

यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन्। सातवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्मा, कर्णाली प्रदेशसभा सदस्य विजय बुढा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया, ताँजकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापालगायत उपस्थित थिए।

प्रकाशित: ३१ वैशाख २०८० ६:१५ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast