स्वास्थ्य संस्थालाई मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको ताकेता

हिमाल प्रेस १७ जेठ २०८० १६:३४ | Wednesday, May 31, 2023
स्वास्थ्य संस्थालाई मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको ताकेता फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न पुनः ताकेता गरेको छ। मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई मापदण्ड पालना गर्न ताकेता गरेको हो।

यसअघि वैशाख १३ गते नै मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पालना गर्न भनेको थियो। तर पुनः गुनासो आएको भन्दै ताकेता गरिएको मन्त्रालयले जनाएको छ।

नियमित तथा आकस्मिक अनुगमन गर्दा विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क गराउनुपर्नेमा नगराएको, बिरामी बडापत्र नराखेको, अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराएकोजस्ता गुनासो आएको मन्त्रालयले जनाएको छ।

आज (बुधबार) काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटेका थिए। सो भेटमा विपन्न नागरिकलाई उपचार खर्चमा छुट नदिने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न माग गरेका थिए।

प्रकाशित: १७ जेठ २०८० १६:३४ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast