स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँछौँ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस २७ वैशाख २०८० १९:१२ | Wednesday, May 10, 2023
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँछौँ : स्वास्थ्यमन्त्री तस्बिरः हरिराम भेटुवाल/ रासस

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बिमा गरेकालाई उपचारमा सरलीकरण गरिने बताएका हुन्।

स्वास्थ्य बिमा गरेका मानिसहरूलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको सुनिएकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने उनले बताए। मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजान मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको पनि बताए।

‘यो स्वास्थ्य बिमाबारे गम्भीर विषय उठेको छ,’ उनले भने, ‘स्वास्थ्य बिमामा एक रूपता पनि रहेन। अनि बिमा गरेको मान्छे भनेर हस्पिटलमा जाने वित्तिकै त्यसलाई दोस्रो दर्जाको बिरामीको रूपमा हेरिने अवस्था पनि सुनेको छु मैले। बिमा कार्यान्वयन गर्ने पक्ष त्यतिधेरै प्रभावकारी देखिएको छैन। मैले यो विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरी यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पनि कुरा गर्दै आएको छु।’

प्रकाशित: २७ वैशाख २०८० १९:१२ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast