काठमाडौँ- स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको छ।
सम्झौता पत्रमा स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तीलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।
स्मार्टच्वास टेक्नोलोजिज्ले २० वर्षदेखि डिजिटल भुक्तानीको सेवा दिँदै आएको छ। यो सम्झौताले डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ।
हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीले एससीटी यूपीआई डेबिट कार्ड प्रदान गरिरहेका छन्।
                            प्रकाशित: २५ वैशाख  २०८० १३:४३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

