 
                             
                                            काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन्।
हेलम्बु-३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाएर सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए।
उनले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभियान सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाबाट सुरु भइसकेको पनि बताए।
                            प्रकाशित: ३१ वैशाख  २०८० ११:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 