नवलपरासी– सानिमा बैंक लिमिटेडले सुनवल नगरपालिका–४ मा शाखा स्थापना गरेको छ। बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले शुक्रबार संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्।
योसँगै बैंकका शाखा कार्यालयको संख्या १३२ पुगेको छ। बैंकका देशभर १२२ एटीएम छन्। शाखा उद्घाटनपछि पाण्डेले ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा दिन शाखा विस्तारलाई तिव्रता दिएको बताए। उनले भने, ‘सुनवल शाखाले आवश्यक सबै बैंकिङ सुविधा दिनेछ।’
प्रकाशित: १२ जेठ २०८० १३:५० | Friday, May 26, 2023
प्रतिक्रिया



