सिटिजन्स बैंक र जर्मनको केएफडब्लू डेभलपमेन्ट बैंकबीच पुनर्कर्जासम्बन्धी सम्झौता

हिमाल प्रेस १० जेठ २०८० १५:३२ | Wednesday, May 24, 2023
सिटिजन्स बैंक र जर्मनको केएफडब्लू डेभलपमेन्ट बैंकबीच पुनर्कर्जासम्बन्धी सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल र जर्मनको केएफडब्ल्यू डेभलपमेन्ट बैंकबीच पुनर्कर्जासम्बन्धी सम्झौता गरिएको छ। ३५ लाख युरो पुनर्कर्जा र ५ लाख युरो बराबरको प्रावधिक सहयोगसम्बन्धी दुई पक्षीय सम्झौता गरिएको हो।

सम्झौताअनुसार केएफडब्ल्यू डेभलपमेन्ट बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि ३५ लाख युरो पुनर्कर्जा उपलब्ध गराउनेछ।

केएफडब्ल्यू र नेपाल राष्ट्र बैंकबीच ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रको दिगो आर्थिक विकास’ सहकार्यअन्तर्गत ३५ लाख युरो र ५ लाख युरो बराबरको प्राविधिक सहयोग प्राप्त हुने सिटिजन्स बैंकले जानकारी दिएको छ।

केएफडब्लू डेभलपमेन्ट बैंकले ‘सेड्रा थ्री’ प्रोजेक्टमा लगानीका लागि नेपालका बैंक तथा वित्तीय संस्थामध्ये सिटिजन्स बैंकलाई छनोट गरेको हो। नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्र्तगत केएफडब्लू डेभलपमेन्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंक सँगको समझदारीमा सिटिजन्स बैंक छनोटमा परेको बैंकको भनाइ छ।

प्रकाशित: १० जेठ २०८० १५:३२ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast