काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अरोगिन हेल्थ केयर प्रालिबीच छुट सम्झौता भएको छ।
सम्झौताअनुसार विशालनगरमा रहेको अरोगिन हेल्थ केयरमा सिटिजन्स बैंकका ग्राहकले विभिन्न सेवा छुट पाउनेछन्।
सम्झौतामा बढीमा ४५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
छुट पाउन सेवा लिएपछि ग्राहकले सिटिजन्स बैंकको कार्ड वा डिजिटल माध्यमको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३९ वटा एटीएम, ६ वटा ९७ वटा शाखारहित बैंकिङबाट देशभर सेवा दिइरहेको छ।
                            प्रकाशित: ५ जेठ  २०८० ११:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

