सांग्रिला बैंकको साइकल र्‍यालीका एक जनालाई साइकल उपहार

हिमाल प्रेस १७ जेठ २०८० १६:११ | Wednesday, May 31, 2023
सांग्रिला बैंकको साइकल र्‍यालीका एक जनालाई साइकल उपहार

काठमाडौँ- सांग्रिला बैंकले शनिबार गर्न लागेको साइकल ¥यालीमा सहभागी एक जनाले साइकल उपहार पाउने छन्। विश्व वातावरण दिवसको अवसरमा शनिबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सानो गौचरणसम्म र्‍याली गर्ने भएको हो।

र्‍यालीमा उपस्थितमध्ये लक्की ड्रमार्फत एक जनालाई साइकल उपहार दिइने बैंकले जानकारी दिएको छ। बैंकले यसअघि गत वर्ष पनि साइकल र्‍याली गरेको थियो।

गत वर्षको र्‍यालीमा बैंकका कर्मचारी मात्रै सहभागी थिए। यस वर्ष विभिन्न क्षेत्रका ३ सय जनाभन्दा बढीको सहभागिता हुने बैंकको भनाइ छ।

प्रकाशित: १७ जेठ २०८० १६:११ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast