सरकारको नीति तथा कार्यक्रम : गैरआवासीय नेपालीका लागि पुँजीबजार खुला गरिने

हिमाल प्रेस ५ जेठ २०८० १६:५२ | Friday, May 19, 2023
सरकारको नीति तथा कार्यक्रम : गैरआवासीय नेपालीका लागि पुँजीबजार खुला गरिने

काठमाडौँ- सरकारले पुँजीबजारमा गैरआवासीय नेपालीलाई लगानीका लागि खुला गरिने जनाएको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

उनले गैरआवासीय नेपालीको ज्ञान-सिप, पुँजी र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिने पनि बताए। त्यस्तै लघुवित्तलाई व्यवस्थित गर्न प्रभावकारी नियमन र सुपरीवेक्षणको व्यवस्था गर्ने उल्लेख छ। साथै बैंक तथा वित्तीय संस्थाका बचत कर्ताको हित संरक्षण गरिने र वित्तीय क्षेत्रको लगानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने जनाएको छ। विपन्न वर्गमा प्रवाह हुँदै आएको कर्जा उत्पादन क्षेत्रमा प्रयोग गरिने बताएको छ।

प्रकाशित: ५ जेठ २०८० १६:५२ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast