काठमाडौँ- सन्राइज बैंक लिमिटेडले थप दुई शाखारहित बैकिङ एकाइ विस्तार गरेको छ।
बैंकले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुरमा र डडेल्धुराकोे अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा शाखारहित सेवा सुरु गरेको हो।
बैंकले कृष्णपुरका लागि करमसिंह राना र देवलदिव्यपुरका लागि नरेश भट्टलाई प्रतिनिधि तोकेको छ।
नयाँ दुई एकाइ सुरु गरेसँगै सन्ंराइज बैंकका शाखारहित बैंकिङ एकाइको संख्या १०२ पुगेको छ।
शाखारहित बैकिंङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
सन्राइज बैंकका देशभर १३९ वटा शाखा, १३ एक्सटेन्सन काउण्टर र १६२ वटा एटीएम छन्।
प्रकाशित: २१ वैशाख २०८० १३:५३ | Thursday, May 4, 2023
प्रतिक्रिया



