सन्‌राइज बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरका सेवामा छुट

हिमाल प्रेस २७ वैशाख २०८० २०:०१ | Wednesday, May 10, 2023
सन्‌राइज बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरका सेवामा छुट

काठमाडौँ- सन्‌राइज बैंक र अरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरबीच सम्झौता गरिएको छ। बैंकले आफ्ना ग्राहकलाई नयाँ र समय सापेक्ष सेवामा सहुलियत दिने उद्देश्यले सम्झौता गरिएको जानकारी दिएको छ।

सम्झौताबाट आफ्ना ग्राहकले स्वास्थ्य सेवा पनि छुट पाउने बैंकको भनाइ छ। आरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टर काठमाडौँको विशालनगरमा रहेको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको क्रेडिट, डेबिट कार्ड, क्यूआर तथा मोबाइल बैंकिङमार्फत अरोगिन हेल्थकेयर तथा रिसर्च सेन्टरका विभिन्न सेवा तथा उपचारमा ४५ प्रतिशतसम्म छुट पाउने छन्।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २७ वैशाख २०८० २०:०१ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast