सन्दुक रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएकोमा सांसदको विरोध

हिमाल प्रेस ९ जेठ २०८० ११:४४ | Tuesday, May 23, 2023
सन्दुक रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएकोमा सांसदको विरोध

काठमाडौँ-  कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट आँखारोग विशेषज्ञ सन्दुक रुइतको जीवनी हटाइएको विषयमा एमाले सांसद रघुजी पत्नले आपत्ति जनाएका छन्। संसद्को मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन्।

उनले देशको इज्जत बढाउने रुइतको जीवनी हटाएर सरकारले गल्ती गरेको आरोप लगाए। पन्तले भने, ‘कक्षा १० को नेपाली पुस्तकमा आठ पृष्ठको जीवनी हटाइएको छ। रुइतका कारण हाम्रो देशको इज्जत बढेको थियो।

पाठ्यपुस्तकबाट उनको जीवनी किन हटाइयो, शिक्षामन्त्रीले स्पष्ट स्पष्ट दिनुपर्छ।’ यसैगरी पन्तले कालीकोटको पचालझर्ना गाउँपालिका ६ देखि ८ सम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द्वको सकारात्मक बारेमा बढाइचढाइ राखिएको भन्दै आपत्ति जनाए।

उनले भने, ‘एमालेले झापा विद्रोहबारे, माओवादीले सशस्त्र विद्रोहबारे, कांग्रेसले १८ सालको सशस्त्र संघर्षबारे र राप्रपाले राजतन्त्र एवम् पञ्चायतबारे कोर्सबुकमा राख्न थाल्यो भने के होला?’ पन्तले कुनै पनि दललाई यस्तो काम नगर्न आग्रह गरे।

प्रकाशित: ९ जेठ २०८० ११:४४ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast