श्रीच्छा प्रधान बनिन् ‘मिस नेपाल वर्ल्ड २०२३’

हिमाल प्रेस १३ जेठ २०८० २०:५२ | Saturday, May 27, 2023
श्रीच्छा प्रधान बनिन् ‘मिस नेपाल वर्ल्ड २०२३’

काठमाडौँ- श्रीच्छा प्रधान ‘मिस नेपाल वर्ल्ड २०२३’ बन्न सफल भएकी छन्। शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ‘ग्रान्ड फिनाले’मा २३ प्रतिस्पर्धीलाई पछि पार्दै २३ वर्षीया श्रीच्छाले उपाधि जितेकी हुन्।

पूर्व मिस नेपाल प्रियंका रानी जोशीले श्रीच्छालाई क्राउन लगाइदिइन्। श्रीच्छाले मिस डिएचआईको सह-उपाधि पनि जित्न सफल भइन। ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि २५ वर्षीया प्रसिद्धि शाहले जितिन् भने ‘मिस नेपाल अर्थ’को उपाधि रैना मजगैयाले आफ्नव् पोल्टामा पारिन्।

मिस कन्फिडेन्टको उपाधि नभे प्रज्ञा बज्राचार्यले हात पारिन्। ‘ब्यूटी विथ पर्पज’ आयुष्मा बरालले हात पारिन भने सह-उपाधितर्फ ‘विमन वीथ विङ’ उन्नती गुरुङ, मिस फोटेजेनिक प्रितिका खड्काले जितिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठक, अभिनेत्री आँचल शर्मा, क्रिकेटर ज्ञानेन्द्र मल्ल, पूर्व मिस नेपाल नम्रता श्रेष्ठलगायत थिए। हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले अन्तिम प्रतिस्पर्धीहरूको नाम घोषणा गरेका थिए।

प्रकाशित: १३ जेठ २०८० २०:५२ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast