काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई छुट दिन विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकले गरेको सम्झौताअनुसार यसका ग्राहकले नक्सालमा रहेको आबुरी रेस्टुरेन्टका सेवामा अधिकतम १० प्रतिशत छुट पाउने छन्।
ग्राहकले नक्सालमै रहेको वी केयर हेल्थ सेन्टरका सेवामा १५ प्रतिशत, भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्ट प्रालिको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन्।
त्यसैगरी धरानको टस्क माउन्टेन बाइक स्टोरमा ८ प्रतिशतसम्म छुटको सम्झौता गरिएको छ।
प्रकाशित: ४ जेठ २०८० १२:५० | Thursday, May 18, 2023
प्रतिक्रिया



