विपद् न्यूनीकरण लक्षित नेपाली सेनाको अभ्यास सम्पन्न

हिमाल प्रेस ८ जेठ २०८० १९:२० | Monday, May 22, 2023
विपद् न्यूनीकरण लक्षित नेपाली सेनाको अभ्यास सम्पन्न

काठमाडौँ- नेपाली सेनाको हातेमालो अभ्यास कार्यक्रम सम्पन्न भएको छ। विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले आइतबारदेखि सुरु गरिएको कार्यक्रम सोमबार सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले विपद्को समयमा आवश्यक समन्वय र सहकार्यका लागि यस किसिमको अभ्यास महत्त्वपूर्ण हुने बताए। साथै उक्त अभ्यान स्थानीय तहसम्मै सञ्चालन गरिने उनले बताए।

व्यावसायिक कर्तव्य र जिम्मेवारीका साथै समृद्धिको बाधकको रूपमा आईपर्ने विपद्का घटनालाई सामना गर्नुपर्ने भएकाले त्यसका लागि अभ्यास अनिवार्य रहेको उनको भनाइ थियो।

प्रकाशित: ८ जेठ २०८० १९:२० | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast