विदेशमा रहेकाहरू आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने

हिमाल प्रेस ८ जेठ २०८० ११:३४ | Monday, May 22, 2023
विदेशमा रहेकाहरू आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने

काठमाडौँ– वैदेशिक रोजगारी रहेका तथा विदेशमा रहेका अन्य व्यक्ति आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने भएका छन्। सामाजिक सुरक्षा कोष र आइएमईबीच विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार आइएमई र यसका साझेदारमार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान वापतको रकम कोषमा जम्मा गर्न सक्नेछन्।

सरकारले वैदेशिक रोजगारमा रहेका नागरिकले आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम वा न्यूनतम दुई हजार दुई रुपैयाँ मासिक रूपमा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ। त्यस्तै अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गर्न सक्ने व्यवस्था छ।

प्रकाशित: ८ जेठ २०८० ११:३४ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast