लोकतान्त्रिक आन्दोलनमा मुकेशले खेलेको भूमिका अविस्मरणीय रहनेछ : देउवा

हिमाल प्रेस २८ वैशाख २०८० १२:४७ | Thursday, May 11, 2023
लोकतान्त्रिक आन्दोलनमा मुकेशले खेलेको भूमिका अविस्मरणीय रहनेछ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुकेश कायस्थले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन्। उनले मुकेशको निधनमा बिहीबार शोक वक्तव्य जारी गर्दै उक्त कुरा बताएका हुन्।

२०६२ चैत २७ गते बनेपामा निस्किएको राजतन्त्रविरोधी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका कायस्थको बुधबार निधन भएको थियो। देउवाको शोक सन्देशमा उल्लेख छ, ‘नेपालको दोस्रो जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिनुभएका ‘जिउँदा सहिद’ मुकेश कायस्थको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ। आज प्राप्त राजनीतिक उपलब्धि उहाँ र उहाँ जस्तै वीर सहिदको अतुलनीय योगदानबाट सम्भव भएको थियो। नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नु भएको भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहिरहनेछ।’

मुकेशको निधनमा दुःख व्यक्त गर्दै देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

प्रकाशित: २८ वैशाख २०८० १२:४७ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast