लमजुङको बेसीसहरमा सानिमा बैंकको शाखा सञ्चालन

हिमाल प्रेस ८ जेठ २०८० १५:१३ | Monday, May 22, 2023
लमजुङको बेसीसहरमा सानिमा बैंकको शाखा सञ्चालन

काठमाडौँ- लमजुङको बेसीसहरमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएको छ। बेसीसहर–७ स्थित त्रिवेणी टोलमा सोमबार शाखाको उद्घाटन गरिएको हो।

उक्त शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवर्द्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रूपमा गरे।

सो क्रममा मह जोडीले बैंकले सधैँ सबल र विश्वसनीय सेवा दिने अपेक्षा रहेको बताए। त्यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

हाल सानिमा बैंकले देशभर १३१ कार्यालय र १२२ एटीएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: ८ जेठ २०८० १५:१३ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast