लक्ष्मी र सन्‌राइज बैंक मर्जरको सम्झौता, सेयर अनुपात १ः१

हिमाल प्रेस ८ जेठ २०८० १६:३२ | Monday, May 22, 2023
लक्ष्मी र सन्‌राइज बैंक मर्जरको सम्झौता, सेयर अनुपात १ः१

काठमाडौँ- लक्ष्मी बैंक र सन्‌राइज बैंक मर्जरमा जाने सम्झौता भएको छ। सोमबार लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल र सन्‌राइज बैंकका सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार दुवै बैंक बराबरी हैसियतमा मर्जर हुनेछन्। अर्थात् सेयर अनुपात १ः१ तय भएको छ। मर्जरपछि नाम लक्ष्मी सन्‌राइज बैंक लिमिटेड हुनेछ। हाल लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अजयविक्रम शाह लक्ष्मी सन्‌राइजको प्रमुख कार्यकारी अधिकृत हुनेछन्।

सन्‌राइजका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लक्ष्मी सन्‌राइजबाट बाहिरिने छन्। बैंकको अध्यक्ष मर्जरपछि बन्ने सञ्चालक समितिकाे पहिलाे बैठकले तोक्नेछ।

सञ्चालक समितिमा दुवै बैंकबाट तीनतीन जनाको प्रतिनिधित्व हुनेछ। एक जना स्वतन्त्र सञ्चालक पछि नियुक्त हुनेछन्। हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सन्‌राइज बैंकको १० अर्ब १२ रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बराबर हुनेछ।

प्रकाशित: ८ जेठ २०८० १६:३२ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast