रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

हिमाल प्रेस ५ जेठ २०८० १७:५२ | Friday, May 19, 2023
रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

काठमाडौँ- सरकारले रेडियो नेपाल र नेपाल टेलिमिजनलाई गाभेर एकीकृत प्रसारण्ण सेवा बनाउने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।

‘सार्वजनिक सेवा प्रसारक स्थापना गरी आगामी आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत प्रसारण सेवाको प्रारम्भ गरिनेछ,’ राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पढ्दै भने।

त्यस्तै विद्युतीय प्रणालीबीच तथ्यांक आदानप्रदान गर्न डाटा एक्सचेन्ज प्लेटफर्म निर्माण गरिने पनि उनले बताए। त्यस्तै सरकारले प्रेस तथा अभिवृद्धि स्वतन्त्रताको प्रवर्द्धन, मर्यादित पत्रकारिताको विकासका निम्ति नीतिगत, कानूनी र संरचनागत सुधार गर्ने, सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रूपमा विकास गर्ने घोषणा पनि गरेको छ।

प्रेस काउन्सिललाई सबै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने विषयवस्तुको नियमन गर्नेगरी नयाँ कानुनी व्यवस्थासहित मिडिया काउन्सिलमा रूपान्तरण गर्ने भएको छ।

प्रकाशित: ५ जेठ २०८० १७:५२ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast