 
                             
                                            काठमाडौँ- ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफरमार्फत आइएमईमा पठाएको रकम ‘आइएमई पे’ वालेटमा प्राप्त गर्दा १ सय रुपैयाँ बोनस पाइने भएको छ।
आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आएकोमा अब १ सय रुपैयाँ बोनस दिइने जानकारी दिएको हो। जुनसुकै देशको जुनसुकै स्थानबाट रिया मनी ट्रान्सफर, मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त बोनस पाइनेछ।
                            प्रकाशित: २७ वैशाख  २०८० १९:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 