रासायनिक मलका लागि ३० अर्ब विनियोजन

हिमाल प्रेस १५ जेठ २०८० १७:२९ | Monday, May 29, 2023
रासायनिक मलका लागि ३० अर्ब विनियोजन

काठमाडौँ-  सरकारले आर्थिक वर्ष  २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका छन्।

चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०७८/७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो।

हरेक वर्ष किसानले खेतीको समयमा रसायनीक मल नपाएकै कारण सरकारको आलोचना हुँदै आएको छ। अघिल्लो वर्ष मल ल्याउने ठेक्का पाएर पनि मल ल्याउन नसक्ने कम्पनीलाई सरकारले सचेत पनि गराएको थियो।

प्रकाशित: १५ जेठ २०८० १७:२९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast