राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान

हिमाल प्रेस ८ जेठ २०८० २१:४३ | Monday, May 22, 2023
राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ। बैंकले क्रिकेट खेलाडी र अफिसियलहरूलाई नगदसहित सम्मान गरेको हो। सोमबार एक कार्यक्रमकाबीच बैंकले खेलाडी र प्रशिक्षकलाई नगद १ लाख रुपैयाँ तथा अफिसियलहरूलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।

बैंका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली क्रिकेट टिमले आगामी दिनमा थप सफलता पाउने अपेक्षा रहेको बताए। ‘पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलता अभूतपूर्व छ,’ उनले भने, ‘अबको यात्रा झन् कठिन र संघर्षपूर्ण छ, त्यस यात्रामा यहाँहरूले हिजोकोभन्दा बढी मेहनत र कठिन परिश्रम गरेर फेरि पनि राष्ट्रको नाम उच्च बनाउन यही कार्यक्रमबाट शुभकाना व्यक्त गर्छौँ।’

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकसँगको सहकार्य र खेलाडी सम्मानले हौसला प्राप्त गरेको बताए। ‘राष्ट्रिय वाणिज्य बैंकले आफैले सम्झेर खेलाडीहरूको हौसला बढाउने शुभकार्य थालनी गरेकाले यसका लागि संघका तर्फबाट आभार प्रकट गर्छौँ,’ उनले भने।

राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेपाली खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो।

प्रकाशित: ८ जेठ २०८० २१:४३ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast