राप्रपाका नेता कटवालले भने : प्रधानमन्त्रीले भारत भ्रमण स्थगित गर्नुपर्छ

हिमाल प्रेस १६ जेठ २०८० १५:४८ | Tuesday, May 30, 2023
राप्रपाका नेता कटवालले भने : प्रधानमन्त्रीले भारत भ्रमण स्थगित गर्नुपर्छ

काठमाडौँ– राप्रपाका युवा नेता कैलाश कटवालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्थगन गर्न माग गरेका छन्। कटवालले भारतको `अखण्ड भारत´ नक्सामा समावेश गरेको अवस्थामा प्रधानमन्त्रीले भ्रमण स्थगित गरेर कूटनीतिक सन्देश दिनुपर्ने माग गरेका हुन्।

कटवालले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘प्रधानमन्त्री प्रचण्डले तत्काल भारत भ्रमण स्थगित गर्नुपर्छ। होईन भने नेपालको भूमि `अखण्ड भारत´ मा समावेश गरिएको कुरा स्वीकार्य भएको सन्देश जान्छ। भ्रमण रोक्नुभन्दा उत्तम कूटनैतिक सन्देश तत्काल अरु हुँदैन।´ भारतको नयाँ सांसद भवनमा अखण्ड भारत नक्सामा नेपालको भूमि राखिएको भन्दै नेपालमा आलोचना भैरहेको छ।

प्रकाशित: १६ जेठ २०८० १५:४८ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast