यात्रीलाई लक्षित गर्दै राजमार्गमा विश्रामस्थल बनाइने

हिमाल प्रेस ५ जेठ २०८० १७:२१ | Friday, May 19, 2023
यात्रीलाई लक्षित गर्दै राजमार्गमा विश्रामस्थल बनाइने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा सहरी क्षेत्र तथा राजमार्ग वरपर १ हजार सुविधा सम्पन्न शौचालय बनाउने नीति लिने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा राजमार्ग वरपर सुविधा सम्पन्न शौचालय बनाउने घोषणा गरेका हुन्।

‘सहरी तथा राजमार्ग वरपर यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा १ हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।

त्यस्तै सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाई, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्ने घोषणा पनि गरेको छ।

त्यस्तै नदीनाला तथा पानीको स्रोतलाई प्रदूषणमुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र बिस्तार गर्ने नीति लिइने पनि सरकारले घोषणा गरेको छ।

प्रकाशित: ५ जेठ २०८० १७:२१ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast