यस्तो छ ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर

हिमाल प्रेस ५ जेठ २०८० १७:२७ | Friday, May 19, 2023
यस्तो छ ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर

काठमाडौँ- आगामी जेठ २६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘वेलकम टु हेम्जाकोट’काे ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सामाजिक कथामा आधारित फिल्मका निर्देशक सरोज पौडेल हुन्। फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, अस्मिता पन्त, जयनन्द लामा, विशाल पहारी, रवि गिरी, शारदा गिरीलगायतको अभिनय छ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्का हुन्। फिल्म दीर्घ गुरुङको छायांकन र मित्र डी गुरुङको सम्पादनमा बनेको छ।

यस फिल्मले गत वर्ष सम्पन्न भएको चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्डसमेत प्राप्त गरेको थियो। जेठ २६ मै फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’पनि प्रदर्शनको तयारीमा छ।

प्रकाशित: ५ जेठ २०८० १७:२७ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast