 
                             
                                            काठमाडौँ- मुक्तिनाथ विकास बैंकका ग्राहकले नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’मा छुट पाउने भएका छन्। बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई दृश्य लाउन्जमा छुट दिन बैंकले सम्झौता गरेको हो।
सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले लाउन्जको फुड एन्ड बेभरेज सेवामा १५ प्रतिशत छुट पाउने छन्।
साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यस्तै प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङलगायतका सेवा पनि उपलब्ध गराइरहेको छ।
                            प्रकाशित: २५ वैशाख  २०८० १६:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 