भ्रष्टाचारविरुद्ध विद्यार्थीले गरे प्रदर्शन, भ्रष्टाचारीलाई कारबाहीको माग

हिमाल प्रेस २८ वैशाख २०८० १२:२२ | Thursday, May 11, 2023
भ्रष्टाचारविरुद्ध विद्यार्थीले गरे प्रदर्शन, भ्रष्टाचारीलाई कारबाहीको माग

काठमाडौँ- सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विरोध गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै उनीहरूले भृकुटीमण्डप परिसरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताए।

प्रदर्शनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यबद्धता जनाएको बताए।

प्रकाशित: २८ वैशाख २०८० १२:२२ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast