भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन गर्दै एकीकृत समाजवादी

हिमाल प्रेस २८ वैशाख २०८० ६:५२ | Thursday, May 11, 2023
भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन गर्दै एकीकृत समाजवादी

काठमाडौँ- भ्रष्टाचार विरुद्ध नेकपा एकीकृत समाजवादीले आज देशैभरी प्रदर्शन गर्ने भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिए।

‘यही वैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गरौं, पौडेलले भनेका छन, ‘जनवर्गीय संगठनहरूको मोर्चा संगठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका संगठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’

उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेका थिए।

प्रकाशित: २८ वैशाख २०८० ६:५२ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast