भ्रष्टाचारविरुद्ध आम नागरिकको अभियानमा एकाकार हुन शेखर कोइरालाको अपिल

हिमाल प्रेस ३० वैशाख २०८० ९:०८ | Saturday, May 13, 2023
भ्रष्टाचारविरुद्ध आम नागरिकको अभियानमा एकाकार हुन शेखर कोइरालाको अपिल फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मानव तस्करी जस्तो घृणित कार्यमा राज्य सञ्जाल नै संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले शनिबार सामाजिक सञ्जालमा भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारले नेपाली नै लज्जित हुनुपरेको अवस्था आएको लेखेका छन्। उनले लेखेका छन्, ‘तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’

नेता कोइरालाले देशको शासक र प्रशासकप्रति आमनागरिकको चरम अविश्वास बढिरहेको र यसले हामीले दशकौँ संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको बताएका छन्। कोइरालाले भनेका छन्, ‘अब समय आएको छ– भ्रष्टाचारविरुद्ध आमनागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने।’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि भ्रष्टाचारविरुद्धको अभियानमा जो जहाँ छौँ, त्यहीँबाट आवाज उठाउन, खबरदारी गर्न र दबाब दिन अपिल गरेका छन्।नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानमा ऐक्यबद्धता जनाउँदै उनले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ।’
प्रकाशित: ३० वैशाख २०८० ९:०८ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast