भारत भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराए

हिमाल प्रेस १५ जेठ २०८० २०:१६ | Monday, May 29, 2023
भारत भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराए फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। बजेट भाषणलगत्तै बसेको प्रतिनिधिसभा बैठकमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गतेदेखि २० गतेसम्म भारत जान लागेको जानकारी गराएकाहुन्।

उनका अनुसार भ्रमणमा पराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र उद्योगमन्त्री रमेश रिजालसहित जानेछन्।

भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सहमति र सम्झौता हुने पनि बताए। त्यस्तै भारतमा रहँदा भारतका प्रधानमन्त्री मोदीसँगै राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता हुने पनि जानकारी गराए। त्यस्तै नेपालबाट भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्नेबारे पनि छलफल हुने प्रधानमन्त्रीको भनाइ छ।

दाहालले दुई देशबीच व्यापारिक, औधोगिक विकासबारे पनि छलफल हुने बताए। भारत भ्रमणमा रहँदा मध्यप्रदेशको इन्दोर र उज्जैन क्षेत्रको अवलोकन गर्ने बताए।

प्रकाशित: १५ जेठ २०८० २०:१६ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast